ताजा समाचार

चन्द्रागिरीमा किन पु¥याइयो आइसीसी वर्ल्ड कप ट्रफी ?

 

काठमाडौं । प्रदर्शनीका लागि आइसीसी वान डे वर्ल्ड कप ट्रफी आइतवार चन्द्रागिरी पु¥याइएको छ । आइसीसी ट्रफी टुर अन्तर्गत शुक्रवार नेपाल आइपुगेको उक्त ट्रफीलाई आज चन्द्रागिरी लगिएको हो।

चन्द्रागिरीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पहिलो क्याप्टेन उत्तम कर्मचार्य र अर्का पूर्व क्याप्टेन पवन अग्रचनले ट्रफी उचाले । पहिलो दिन ट्रफीलाई स्वयम्भूमा सार्वजनिक गरिएको थियो। शनिवार पोखरामा पीपीएल टी–२० क्रिकेट भइरहेको स्थानमा लगियो।

चार दिनका लागि नेपाल ल्याइएको उक्त ट्रफी सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा हुने वान डे वर्ल्ड कप अघि एक सय दिने विश्व भ्रमणमा रहेको छ। उक्त ट्रफी टुर युएईको दुबईबाट सुरु भएको थियो। त्यसपछि ट्रफी ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश हुँदै नेपाल आइपुगेको हो।

अब ट्रफी भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org