ताजा समाचार

काँग्रेस महासमितिको बैठक मंसिरमा

काठमाडौँ । मङ्सिरमा हुने नेपाली काँग्रेस महासमितिको बैठक काठमाडौँमै हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म महासमिमितको बैठक गर्ने काँग्रेसले निर्णय गरेको हो ।

नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिका पदाधिकारीहरूसँगको संयुक्त बैठकले  निर्णय गरेको हो ।

बैठकमा सभापति देउवाले काठमाडौँ जिल्ला कार्य समितिलाई महासमितिको बैठक स्थलको तयारीका लागि पनि निर्देशन दिए ।  त्यसैगरी यही कात्तिक १६ गते तय भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई पनि भब्य र ब्यवस्थित बनाउनका लागि पनि निर्देशन दिएको पार्टी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, शनिवार स्थानीय ब्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठकले बसेर शुभकामना आदानप्रदान कार्यक्रमलाई तीन वटै जिल्लाका पदाधिकारी र कार्यकर्तालाई ब्यापक परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी महासमिति बैठकका लागि पनि आवश्यक उपसमितिहरू गठन गर्ने निर्णय बैठकले गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org