ताजा समाचार

जाकार्ताबाट उडेको केही बेरमै ७३७ बोइङ विमान समुद्रमा दुर्घटनाग्रस्त, १८९ यात्रु थिए सवार

जाकार्ताबाट उडेको केही बेरमै ७३७ बोइङ विमान समुद्रमा दुर्घटनाग्रस्त, १८९ यात्रु थिए सवार इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयर फ्लाइट जेटी(६१० बोइङ विमान उडेको केही बेरमै दुर्घटनामा परेको छ।

इन्डोनेसियाकै पङकाल पिनाङका लागि उडेको ७३७ बोइङ विमानमा १८९ यात्रु रहेको बताइएको छ।

विमान दुर्घटनामा परेको इन्डोनेसियाका राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ। जाभा क्षेत्रको समुद्रमा दुर्घटनामा परेको भनिए पनि स्थान पत्ता लगाउन खोजी जारी रहेको बताइएको छ।

जहाज उडेको १३ मिनेटमा दुर्घटनामा परेको इन्डोनेसियाको समाचार अनलाइनले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org