ताजा समाचार

हत्याको आरोपमा ५ जना अभियुक्तलाई कारागार चलान

नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा असोज ३ गते राति भएको रुपेश महतोको हत्याका ५ जना अभियुक्तलाई कारागार चलान गरिएको छ ।विनयी त्रिवेणी २ का १९ बर्षीय मनोज जमरकट्टेल, २१ बर्षीय य सुरज काउसा मगर, २२ बर्षीय दिपेन रोक्का मगर, १९ बर्षीय सागर थापा क्षेत्री र सन्तोष बुढामगर जिल्ला अदालतको आदेशमा कारागार चलान भएका हुन् ।अभियुक्तहरु मृतक रुपेशका साथी हुन् ।

उनीहरुमाथि रुपेशलाई धारिलो हतियार प्रहार गरी हत्या गरेेको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार उनीहरुलाई पक्राउ गरी अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय नवलपुरमार्फत नवलपुर जिल्ला अदालत पेश गरिएको थियो ।

अदालतले पक्राउ परेका पाँचै जनालाई पुर्पक्षका लागि कारागार पठाएको हो । क्रसर उद्योगमा काम गर्ने क्रममा विवाद भएपछि सोही विवादलाई लिएर उनीहरुबीच झगडा भएको थियो । रातिको समयमा भएको आक्रमणबाट घाइते रुपेश महतोको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org