ताजा समाचार

फूलमा आत्मनिर्भर हुने कहिले?

सरस्वती पाण्डे/दशैं सकिएर तिहार आउँदै छ । तिहार भनेको फूलैफूलको पर्व पनि हो । यसलाई हिन्दु धर्म मान्नेहरूले ठूलो उत्सवको रूपमा लिने गर्दछन् । त्यसो त तिहारलाई झिलीमिलीको पर्व पनि हो । मुख्य गरी काठमाडौँ उपत्यका लगायत देशका विभिन्न शहरमा रंगीविरंगी वत्ती बालिन्छ । तिहारमा काग, कुकुर, गोबद्र्धन, लक्ष्मी, दाजू–भाईको पूजा गरिन्छ । यसको आ–आफ्नो धार्मिक अर्थ रहेको छ । यसको थप चर्चा गर्दै गरौंला । आज फूलको चर्चा गर्न गइरहेकी छु ।

तिहारमा नेपालीहरूले कति फूल खर्चिन्छन् ? कसैले अनुमान लगाउन सक्ला ? यति उति भनेर अनुमान लगाउन सकिए पनि यसको फ्याक्ट तथ्य भने कसैले अनुमान लगाउन सक्तैन । तिहारमा यति फूल खर्च गरियो भनेर गाउँ–गाउँमा डेडा संकलन गर्न गएका छैनन् । आजका दिनसम फूलबारे गरिएका जति पनि अनुसन्धान छन् ती सबै फ्याक्ट होइन भन्ने मलाई लाग्छ ।

नेपाल अरू त के कुरा फूलमा पनि आत्मनिर्भर हुन सकेको छैन अहिलेसम्म । वर्षेनी हाम्रो देशमा लाखौंको विभिन्न थरीका फूल भारत, पाकिस्तान, मंगलादेश, श्रीलंकाबाट आयात गरिन्छ । तिहारमा बढी खपत हुने फूल मखमली, गोदावरी, सयपत्री आयात गरिन्छ । हामीले निर्यात कहिलेसम्म गर्ने ? प्रश्न पेचिलो बनेको छ ।

तिहारमा एक करोडको फूल कारोबार ह्न्छ । जसमा ३०–३५ लाखको माला भारतबाट आउँछ । ९० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि तिहारमा माग ह्वात्तै बढ्छ । १० प्रतिशत भारतीय बजारबाट ल्याउनै पर्ने बाध्यता हामीलाई छ । हेर्नुहोस् , त  ! यो तथ्याङ्क कति डरलाग्दो छ ।

मौसम परिवर्तन भयो । तिहार गतवर्षको भन्दा ढिला भयो । किसानले व्यवसायिक रूपमा रोपेका फूल झर्न थालिसकेका खबर मिडियामा आइरहेको छ । यसमा दोष कसैको होइन । प्रकृतिलाई के दोष दिनु ? किसानले उत्पादन गरेको फूलले अब उचित बजार पनि पाउने भएन । सुकेको, ओइलाएको फूल किन्ने कुरो हुँदैन । किसानले नैतिकताको आधारमा बेच्ने कुरा पनि हुँदैन । किसानको मेहनत, लगानी सबै खत्तम भयो । यस्तो अवस्थामा किसान मर्कामा परेका हुन्छन् । सरकारले किसानका लागि विमाको व्यवस्था गरिदिनुपर्छ । किसानलाई प्रोत्साहन गर्नुपर्छ ।

फूल कसलाई मन नपर्ला र ? हुन त कमै मानिसहरू पनि होलान् मन नपराउने । तर बहुमतको कुरा गरौं । हामीले फूल रोप्छौं । गमलामा, आँगनको डिलमा, बारीमा, खेतका डिलमा, घरको कर्सामा जहाँ उपयुक्त हुन्छ त्यहीँ रोप्ने हाम्रो बानी छ । फूलको आकर्षणले गर्दा मानिसहरूको नजर पर्छ । घर सुन्दर देखिन्छ । वातावरण हराभरा देखिन्छ । भमरा र मौरी पनि रस चुस्न आउँछन् । उनीहरूका लागि पनि आहारा भैहाल्यो ।

सबैले जहाँ–जहाँ सकिन्छ त्यहीँ–त्यहीँ फूल रोपौं । फूलका बारेमा अध्ययन गरौं । कस्तो माटोमा कुन जातको फूल फुल्छ भनेर अध्यन पनि गरौं । नर्सरीमा गएर विभिन्न जातका फूल हेर्न सकिन्छ । त्यहाँ लगाए जसरी हामीले पनि लगाउन सक्छौं । फूलका पर्व तिहार जस्ता चाड आउँदा बजारमा फूल किन्न नपरोस् । आफ्नै घरमा उत्पादित फूल प्रयोग गर्न सके राम्रो हुुन्छ । अन्य देशबाट आयात गरिएका फूल बजारमा चर्को मूल्यमा किन्न पर्दैन । हाम्रो पैसा र समय जोगिन्छ । फूल किन्ने पैसाले अन्य सामान किन्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org