ताजा समाचार

पहाडीका वासिन्दा दुई वर्षदेखि टेलिफोन सेवाबाट बन्चित

सुमित्रा कार्की/उदयपुर । उदयपुर जिल्ला कटारी नगरपालिका पहाडी वडाका अधिकांश वासिन्दा टेलिफोन सेवाबाट बञ्चित हुनु परेको छ । वडा नम्बर १३ का वासिन्दा भने यो सेवाबाट दुई वर्षदेखि बञ्चित भएका छन् ।

‘यो समस्या अझ बढी भएको छ । विज्ञान र प्रविधिको युगमा टेलिफोन नभई नहुने एक साधन हो वडा अध्यक्ष नेत्रबहादुर श्रेष्ठले भने, सञ्चारमाध्यमको एक साधन टेलिफोन सेवाबाटै बञ्चित हुनु परेको २ वर्ष भयो ।’

सञ्चारको विकास सँगसँगै एनसेल, सिडिएमए, स्मार्टको नेटवर्क समेत नभएको ठाउँमा २०६७ सालबाट नेपाल टेलिकमको नेटवर्क नमस्ते सेवा सुचारु भएको थियो । त्यसपछि स्थानीय बासिन्दा खुसी भएका थिए । २०७३ सालबाट टेलिफोन सेवामा केही अवरोध आयो । अहिले भने ठप्पै भएको छ ।

२०७२ सालबाट नेपालमा नयाँ संविधान बनेसँगै मयाँखु गाविसबाट कटारी नगरपालिका भयो । नगरपालिका भएसँगै नगरको विकास तीव्र रूपमा हुनुपर्नेमा झन् अविकसित महसुस भएको त्यहाँका बुद्धिजीवी बताउँछन् ।

टेलिफोन सेवाबाट बञ्चित त्यस क्षेत्रको सूचना आदानप्रदान बाहेक देशभर के–के भईरहेको छ त्यसको समेत जानकारी नपाइने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पहल गरे पनि नगरपालिकाले बेवास्ता ग¥यो । बासिन्दा टेलिफोनको र इन्टरनेटको पहुँचबाट बञ्चित हुनु परेको छ फेरि वडा अध्यक्ष श्रेष्ठले थपे, डाँडा ठाउँमा मुस्किलले टेलिफोन चले पनि सबै ठाउँमा फोन, इन्टरनेट चल्दैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org