ताजा समाचार

संसद्को भूमिका कर्मकाण्डी मात्रा छ : सांसद् त्रिपाठी

सुमित्रा कार्की/ काठमाडौँ । नवलपरासीबाट एमालको सूर्य चिन्हमा चुनाव जितेर सांसद् बनेका हृदयश त्रिपाठीले संसद्को भूमिका कर्मकाण्डी मात्र भएको बताएका छन् । मंगलबार एक राष्ट्रिय दैनिकलाई अन्तर्वार्ता दिंदै सांसद् त्रिपाठीले उक्त कुरा बताएका हुन् ।

त्रिपाठीले भने, ‘‘संसद्को भूमिका कर्मकाण्डी मात्र छ । संसद्को नेतृत्व सरकारले संसद्लाई हेर्ने दृष्ट्रिकोण प्रतिपक्षीको भूमिकामा निर्भर हुन्छ ।’’
आफूलाई अझै पनि स्वतन्त्र सांसद् भन्न रुचाउने त्रिपाठीले अझै नेकपाको घरभित्र नपसेको बताउँछन् । अन्तर्वार्तामा उनले भने अनुसार उनी अब छिट्टै नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ भित्र प्रवेश गर्न लागेको खुलासा समेत गरेका छन् । यस सम्बन्धी धनीभूत छलफल पनि भइरहेको उनको भनाई छ ।

सांसद त्रिपाठीको राजनीति यात्रामा उनले विभिन्न पार्टीको शीर्ष भूमिकामा रहेर राजनीति गरे । प्रकारान्तरले उनी आवद्ध पार्टी कहिले क्षेत्रीय पार्टीमा सीमित भयो भने कहिले राष्ट्रिय पार्टी समेत बन्न पुग्यो । राजीतिक धरातलबाट करिब–बरिब बिलाउने अवस्थामा पुगिसकेका त्रिपाठीले बुद्धि पु¥याएर २०७२ सालको चुनाबमा वाम गठबन्धन ‘अहिलेको नेकपा’ सँग मिलेर चुनाव जिते । अहिले सांसद्को भूमिकामा छन् । उनी चुनावको बेला सम्झँदै भन्छन्–‘‘तत्कालिन नेकपा एमालेले आफूहरूलाई चारसिटमा र आफूहरूले एमालेलाई ६ सीटमा सहयोग गर्याै । ’’  त्रिपाठीले चुनाव भड्कीलो खर्चिलो मात्र नभएर गैर–राजनीतिक व्यक्तिको आलिमुहाली भएको बताए ।

‘‘मधेसमा कम्युनिष्ट पार्टी लोकप्रिय हुन सकेको छैन । मधेसी दलले पनि मधेसमा जातिय द्वन्द्व गराउने काम गरे सांसद् त्रिपाठी थप्छन, ‘‘मधेसमा मधेस–मधेसी भन्दा जातिय एकाई विभाजित गरियो ।’’ उनले अब समस्याको पहिचान गरी संस्थागत संरचना वा कानूनमा त्यसको समीक्षा गरेर अगाडि नबढेसम्म सुशासन र समृद्धि आउन नसक्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org