ताजा समाचार

डोल्पाको सेरोफेरो अब चलचित्र ‘म्हेन्दु’ मा

रामचन्द्र न्यौपाने/डोल्पा । विकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’ प्रर्दशनको तयारीमा रहेको छ ।

सुन्दरी,परी वा फुलको अर्थ बोकको चलचित्र म्हेन्दुको सम्पादन, डबिङ् लगाएतको काम सम्पन्न भईसकेकाले तिहारको अवसर पारेर डोल्पामा च्यारीटी शो गर्ने र डोल्पापछि अस्ट्रेलिया, दुबई, कतार, मलेसीया, जापान, अमेरिका लगायतका देशहरूमा समेत प्रर्दशन गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।

नेपालका हलहरूमा माघको दोस्रोसाता पछि प्रर्दशन गर्ने तयारी छ । डोल्पाको मौलिकतालाई झल्काईएको चलचित्र ‘म्हेन्दु’ को छायाङ्कन नेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिर, मान्छेको बली दिने इतिहास बोकेको ऐतिहासिक क्षेत्र राजारानी लगाएतका प्रमुख पर्यटकीय गन्तव्यहरूमा गरिएको हो ।

डोल्पालीको जीवनशैली र उनीहरूको यथार्त परिदृष्यमा आधारित रहेर छायायँङ्कन गरिएको चलचित्र ‘म्हेन्दु’ले समग्र हिमाली क्षेत्रको वास्तविकतालाई प्रतिनिधित्व गरेको छ । त्यतिमात्रै नभई भौगोलिक बिकटताको कारण सामान्य औषधी उपचार नपाएरै ज्यान समेत गुमाउपर्ने हिमाली महिलाहरूको बास्तबिकतालाई समेत चलचित्रले उजागरगर्न खोजेको निर्देशक देब नेपालले जानकारी दिए ।
देब नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘म्हेन्दु’लाई करिब एक करोड लागतमा निर्माण गरिएको निर्माता अर्जुन प्रसाद डोटेलले बताए ।

मारोन मुभिज एण्ड ईन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र म्हेन्दुमा स्थानीय कलाकार लक्ष्मण देबकोटा,भोला तिमल्सेना,सोनु राई,रमेश सोडारी,शान्ति घिसिङ्,चन्द्रमनी मुडभरी,कालुराना,बिन्दा थिङ,प्रतिक्षा खतिवडा,एस राज कुमार,बाबुराजा शाक्य लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

रोहित बिक्रम कार्कीले छायाङ्कन गरेको चलचित्र म्हेन्दुमा ,द्धन्द निर्देशन राजु किँरातीले गरेकाछन् भने बिमल डाँगी,सरोज कोईराला र कुमार लामा योञ्जनले चलचित्रलाई संगीतबद्ध गरेकाछन् । चलचित्र ‘म्हेन्दु’मा डोल्पालीको जनजिविका मात्रै नभई डोल्पाको अनुपम प्राकृतिक सौन्दर्यतालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको बताइएको छ ।

आफ्नै गाँउ–ठाँउमा खिचिएको र डोल्पालीको दुल्ख, पीडालाई कथात्मक ढङ्गले चलचित्रमा उतारिएकाले डोल्पालीहरू चलचित्र प्रदर्शनको व्यग्र प्रतिक्षामा छन् । देशकै सुन्दर पर्यटकिय गन्तव्य भित्रपर्ने डोल्पालाई चलचित्र ‘म्हेन्दु’ले देश–बिदेशमा चिनाउने डोल्पालीको अपेक्षा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org