ताजा समाचार

निर्मला हत्या प्रकरणः छठसम्म दोषी पक्राउ नगरे कडा आन्दोलनको चेतावनी

धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म र्‍याली निकालेका थिए ।

प्रदर्शनीमा निर्मला पन्तका बुबाआमा पनि सहभागी भएका छन् । संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् ।संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि केही बेर धर्नासमेत दिएको थियो । ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org