ताजा समाचार

सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो

काठमान्डाै।  सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ ।  सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ ।

सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ । रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सलाई सघाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org