ताजा समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार , डिस्चार्ज गर्नेबारे चिकित्सकलहरु छलफल गर्दै

काठमाडौं । छातिको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुध्रिँदै गएको छ । उनलाई डिस्चार्ज गर्नेबारे चिकित्सकले छलफल थालेका छन् ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्य लाभ गर्नुभएको छ भन्ने ठानेका छौं । डिस्चार्ज कहिले गर्ने भन्ने विषयमा छलफल गरेका छौं तर टुंगो लगाएका छैनौं ।’

उनले अघि भने, ‘रगतको रिपोर्ट नर्मल अवस्थामा आएको छ । छिट्टै स्वास्थ्य लाभ गरेर छिट्टै फर्कनु हुनेछ ।’

अस्पतालले विहीबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र छिट्टै सामान्य स्थितिमा फर्किने उल्लेख छ ।

प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ।

अस्पतालले जारी गरेको विज्ञप्ति

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org