नेपाल–भारत सीमा क्षेत्र अनुगमन
पाँचथर। पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो ।
अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलीले अनुगमन गरेको हो । सीमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनीकरण गर्न अनुगमन गरिएको पालिका अध्यक्ष लेखनाथ घिमिरेले जनाउनुभयो । अनुगमन टोली हालै सीमा क्षेत्र पुगेर अनुगमन गरिएको सांसद नेम्बाङले जानकारी दिनुभयो । नेपाल–भारत सीमा क्षेत्र ४७ नं सीमा स्तम्भआसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा सिक्कीम प्रदेशका एसआरपी र नेपालका अनुगमन टोलीबीच बैठक बसी विभिन्न सहमति भएको नेम्बाङले जानकारी दिनुभयो ।
बैठकमा पाँचथरतर्फ सुरक्षापोष्ट राख्न चित्रे, वासुम डाँडालगायत सुविधायुक्त दुई ठाउँ छनौट गर्न पालिका अध्यक्षलाई जिम्मा दिइएको जिससप्रमुख सापकोटाले बताउनुभयो । अनुगमनका क्रममा पाँचथरका अनुगमन टोली र सिक्कीम प्रदेश सुरक्षाप्रमुख लक्ष्मण गुरुङसहितको सुरक्षाबीच बैठक बसेको थियो ।
बैठकमा सिक्किम र पाँचथर जोड्ने सिमानाका चिवाभञ्जाङसम्म सडक निर्माण भइरहेका बारे सिक्किम सुरक्षाप्रमुख गुरुङले आफ्नो प्रस्तुति गर्नुभएको थियो । पाँचथरका तर्फबाट निकट भविष्यमा नै नाका खोल्न दुवै देशमा पहल गरिने सांसद नेम्वाङले बताउनुभयो । अनुगमनपछि सांसद नेम्बाङले सांसदको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय तहसँग सहकार्य गरी पर्यटक अतिथि भवनको सम्भाव्यताअवलोकन गर्ने बताउनुभयो । पाँचथर, ताप्लेजुङ, सयुक्तरुपमा सङ्घ र प्रदेश सांसदको उपस्थितिमा भारत र नेपाल दुवै देशलाई फाइदा हुने गरी नाका खोलिने समेत पहल शुरु भएको समेत उहाँले बताउनुभयो ।
सीमा क्षेत्रमा लागुऔषध, जालीनोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तु, हातहतियार बिक्री–वितरणलगायत आपराधिक गतिविधि बढ्नसक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाउने पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।
Comments
अरु समाचार
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...
-
दिउँसोदेखि मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षा हुने
काठमाडौं । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको...