ताजा समाचार

के छ कांग्रेसको चियापानमा ‘मेन्यू’ ?

काठमाडौँ । नेपाली कांग्रेसको चियापान पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। आगन्तुकहरूलाई शिर्ष नेताहरुले स्वागत गरिरहेका छन्। संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं,तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा चियापानको आयोजना गरेको हो । चियापानमा चियाको साथै समोसा, जेरी र नमकिन राखिएको छ ।

कोजागत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदानप्रदान गर्ने गरिएपनि कांग्रेस नेता चक्र बास्तोलाको निधनका कारण चियापान सार्नु परेको हो ।

सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता विजय गच्छदारले मुख्य मञ्चमा स्वागत गरिरहेका छन् । महामन्त्री शंसाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव नेताहरु कृष्ण प्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाश शरण महत, प्रकाशमान सिहं लगायतको उपस्थिति रहेको छ ।

कांग्रेसका नेता तथा प्रतिनिधि आउने क्रमम जारी छ भने अन्य व्याक्तिहरु चियापान कार्यक्रम सहभागी भइरहेका छन् । चियापानमा भारतीय राजदुत मञ्जीव सिंह पूरी सहभागी भएका छन् ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवम् व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका पदाधिकारीलगायत विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org