ताजा समाचार

निर्मला हत्याको १०० दिन : न्याय नपाइने देश !

सरस्वती पाण्डे /कन्चनपुरकी निर्मला पन्तको बलत्कारपछि हत्या भएको सय दिन पुग्यो । तर, उनका परिवारले न्याय पाएनन् । न्यायकै लागि भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारको ढोका ढकढक्याउँनसमम्म पुगे । ज्ञापनपत्र बुझाए । तर, न्यापाएनन् । गृहमन्त्री रामबहादुर थापाले पनि बलत्कारी खोजी प्रहरी मार्फत् गर्न नलगाएका होइन् । अफसोच !  प्रहरीले पनि पत्ता लगाउन सकेन । यस घटनाको महिला अधिकारकर्मी, नागरिक समाज, पेसागत संघसंस्थाले पनि राज्यलाई दवाब नदिएका होइनन् । सञ्चारमाध्यममा त दिनहुँजसो समाचार आइरहेकै छन् । हत्यारा पत्ता लगाउन भनेर गृह मन्त्रालय मार्फत् बनेका समिति, उपसमितिले उपलब्ध गराएका प्रतिवेदनसमेत झुट सावित भयो । त्यसले निष्कर्ष दिन सकेन । सर्वसाधरण मानिसहरूले पन्तको हत्यारा प्रहरी प्रशासनकै व्यक्ति संलग्न भएको तथा त्यसलाई सरकार र प्रहरीले नै संरक्षण गरेको बताउँछन् । उनीहरूको भनाई सत्य नहुन पनि सक्छ ।

शक्ति र कानून हुँदा पनि सरकार अपराज न्युनिकरणमा कहाँनिर चुक्यो ? जनप्रश्न यही छ । बलत्कारका घटना त दिनहुँजसो सञ्चार माध्ययममा आएकै छ । बलत्कारको घटनाको विषयलाई लिएर चर्को आन्दोलन तथा प्रहरी दमनसमेत भएको कञ्चपुर घटना त पछिल्लो प्रतिनिधि उदाहरण हो । यस किसिमका घटना त हामीले लोकतन्त्र, गणतन्त्र आएपछि झन बढी सुन्ने गरेका छौं । देखेका छौं ।

दिन दिनैजसो बलत्कार घटना बढ्नु भनेको हाम्रो समाज कता जाँदै छ भन्ने हो । हत्याहिंसा र बलत्कारका घटना यसैगरी बढ्दै जाने हो भने भोलिको समाज कस्तो होला र नयाँ पुस्ताले समाजलाई कुन रूपमा हेर्लान ? अहिलेको जटिलता नै यही हो । समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययनको एउटा गहिरो विषय बन्न सक्छ–सामाजिक अपराध ।

बलत्कार जघन्य अपराध हो । कन्य केटीलाई बलत्कार गरेको पाइएमा या ठहरिएमा सिधै मृत्युदण्ड दिनु भनेर हाम्रो शास्त्रमा उल्लेख भएको पाइन्छ । बलत्कार विभिन्न कारणले हुन्छ । हिजोआज मोबाइल प्रयोगकर्ताहरूको संख्या उच्च छ । इन्टरनेटमा अनेक किसिमका विकृतजन्य सामग्री हे¥यो अनि त्यसलाई व्यवहार उतार्न खोज्दा बलत्कार हुने कारण पनि प्रहरीद्वारा सार्वजनिक विज्ञप्तिमा जनाइएको पाइन्छ । त्यसैगरी अर्को कारण भनेको हाम्रो संस्कार हो ।घरपरिवारको वातावरण कस्तो छ ? आदर्शवान, नैतिक चरित्रको छ कि छैन वा शिक्षित–अशिक्षित के छ ? भन्ने कुराले पनि हाम्रो सामाजिक अपराधलाई प्रत्यक्ष वा परोक्ष रूपमा असर पु¥याएको हुन्छ ।

 

 

हाम्रो संविधानले बलत्कार, हत्याहिंसा, .जर्वरजस्ती करणीलाई सामाजिक अपराध भनेको छ । यस किसिमको निन्दनीय कार्यमा संलग्नलाई उचित कारवाही हुनेछ पनि भनिएको छ । तर मृत्युदण्डकै अवस्था भने छैन । बलत्कार लगायत हिंसात्मक घटना बढ्दै जाने र निन्दनीय कार्यमा संम्लग्नलाई सामान्य कारवाहीमै छाडिदिने हो भने सामाजिक अपराधका घटनामा कमी आउँदैन । बरू झन बढ्छ । अहिले मुलुकी ऐन संशोधन भएर देवानी संहीता समेत बलियो भएको अवस्थामा मृत्युदण्डका कुरा उठ्नुलाई पनि स्वभाविक रूपमा लिनुपर्ने हुन्छ ।

नेपालमा मृत्युदण्डको व्यवस्था नभएको पनि होइन थियो तर त्यो राणाशासनको अन्त्यसँगै व्यवस्था पनिको पनि अन्त्य भयोे । केही महिला अधिकारकर्मीहरूदे ‘पेटीकोट’ लगाएर सिंहदरबार अगाडि प्रदर्शन गरे ।
माग थियो–बलत्कारीलाई मृत्युदण्ड । पंक्तिकारलाई के लाग्छ भने हामीकहाँ बलियो कानून अभावकै कारणले हो यस्ता अपराध मौलाएको छ । अब इन्तु–किन्तु–परन्तु केही कसै गरी पनि बलत्कारीहरू डराउँदैनन् । डराउन मृत्युदण्डको व्यवस्था मुलुकमा ल्याउनुपर्छ । एक पटक प्रयोग गरी हेरौं न बरू !

हुन त यस विषयमा मानबअधिकारवादीहरूको असहमति होला तर एउटा मान्छे मर्दैमा समाजमाा अमनचय, शान्ति काय हुन्छ भने ऊ मदैन केही हुँदैन । विभिन्न देशमा मृत्युदण्डको प्रयोग भएकै छ । भ्रष्टाचारी, बलत्कारी, हिंसात्मक कार्यमा संलग्न आदिलाई मृत्युदण्डको व्यवस्था नभएसम्म र मुलुकमा कानून छ है भन्ने अनुभूति सबैलाई नभएरसम्म हाम्रो मुलुक उँभो लाग्दैन । कानूनदेखि सबै डराउनुपर्छ ।

निर्माला पन्तको बलत्कारपछि हत्या भएको सय दिन पुग्दा सामाजिक सञ्जालमा यस विषयले बढी प्राथमिकता पाएको छ । यसै विषयमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले निर्मलाको निम्ति न्यायका लागि जहाँ पायक पर्छ त्यहीं सहभागी भएर विरोध कार्यक्रममा सहभागी बन्न आग्रह गरेका छन् । डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छ–”निर्मलाका निम्ति न्यायका लागि हुन गैरहेको यस अभियानमा ऐक्यबद्धता । निर्मलाको बलात्कार–हत्याको सय दिन । २/३को सरकार कुम्भकर्णे निद्रामा! ‘खाली एक दिन प्रमाण मेटाउन सक्रिय!’ हामी अलिक विवेक३संवेदना हुनेहरू पनि तमासे नबनौं ! अर्कोलाई खाने बाघले तपाईंरहामीलाई पनि खान्छ।आज जहाँ–जहाँ पायक पर्छ विरोध कार्क्रममा सहभागी बनौं ! चूप लाग्नु भनेको मतियार बन्नु हो ।”

वरिष्ठ पत्रकार किशोर नेपालले एक अनलाइनमा लेखेका छन्–”सुदूरपश्चिम, कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पूरा भएको छ। कनिकालाई यो अवसरमा पाटनमा बत्ती बालिने भएकाले त्यहाँ उपस्थितिको लागि सूचना आएको छ। यो ‘अवसर’ मा ‘सरकारका सय दिन’ गन्ती गरेर बस्ने बानी लागेका नेपालीहरूका लागि निर्मला बलात्कार र हत्याको दिन गन्ती नियमित आकस्मिकता जस्तै भएको छ। निर्मला बलात्कारपछि मारिएकी पहिलो केटी होइनन्। समयले उनलाई सन्दर्भमा तानेको छ। निर्मलाको बलात्कार र हत्याको दिनपछि अहिलेसम्म सयौं बालिका र युवतीहरूको बलात्कार र हत्या भएकोछ।”

यसैगरी पत्रकार रमेश दवाडीले फेसबुकमा लेखेका छन्–”निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० दिन पुग्यो। देशमा सरकार नभएजस्तो । सुरक्षा नभएजस्तो कानुन नभएजस्तो। लाखौं कोसिस गर्दा पनि न्याय नपाएजस्तो। देशमा दुईतिहाइको बलियो सरकार छ भन्न पनि लाज १ हामी मनपरीतन्त्र होइन पूर्ण लोकतान्त्रमाथि विश्वास गर्छौं । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ । देशमा कानुनी राज्य बन्नुपर्छ । कानुनी राज्यमा अड्चन, रुढीबादी, अन्धविश्वास जस्ता सामाजिक विकृति रहुन्जेल हामी अगाडि बढ्न सक्दैना‌ैं। देश समृद्ध बन्न सक्दैन ।”

यसरी कयौं मानिसहरू निर्मलाको पक्षमा आवाज वुलन्द गरिरहेका छन् । अझै पनि हत्यारा पत्ता लाग्न नसक्नु भनेको कानुनी राज्य नहुनुको आभास हो । सरकार नहुनु हो । त्यसैले जतिसक्दो छिटो निर्मलाको हत्यारा पत्ता लगाएर कडा कारबाही दिनुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org