ताजा समाचार

काभ्रेको कोशीपारी ट्रक दुर्घटना, २ को मृत्यु

काभ्रेको चौरीदेउराली गाउँपालिका ८ स्थित मानपुरे डाँडामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कोशीपारीबाट दोलालघाटतर्फ आउँदै गरेको १ क ९५२४ नम्बरको ट्रक गएराति १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा भुम्लु गाउँपालिका ६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अन्य ३ जनाको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । ट्रक सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org