३७ किलो चरेससहित तीन पक्राउ
काठमान्डाैं । रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पक्राउ परेका मध्ये एक स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको र पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिएका छन् ।
पक्राउ हुनेमा बागलुङ जिल्ला नसीखोला गापा–९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँची पाणिनी गाउँपालिका–५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी रहेका छन् । रास्कोटी सोही वडाका वडा सदस्य रहेको प्रहरीले जनाएको छ ।
उक्त परिणामको लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको र पक्राउ परेका सबै लागुऔषध कारोबारी हुनसक्ने प्रहरी नायब उपरीक्षक मल्लले बताएका हुन्। उक्त चरेस नेपाली मूल्यमा करीब रु १८ लाख बराबरको हुनसक्ने उनले बताएकाछन्।
Comments
अरु समाचार
-
नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।...
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी...
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
काठमाडौं । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा...
-
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु
काठमाडौं । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
काठमाडौं । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख...
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको...