ताजा समाचार

हुम्लामा हिमपात शुृुरू

काठमान्डाैं । हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।

आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो ।

यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताउनुभयो । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org