ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायोः इरान
काठमान्डैां । मेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताएका छन् ।
खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, “अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन् । अमेरिकाको बेजोडको शक्ति र मजबुत अमेरिकी अर्थतन्त्र र सैन्य शक्ति पनि पछिल्ला सरकारका कारण कमजोर बन्दै गएको छ ।” अमेरिकाद्वारा तेल लगायतका सामानमा सोमबारदेखि लागु हुने भनिएको इरानमाथि लगाइएको पछिल्लो प्रतिबन्धप्रति हल्का टिप्पणी गर्दै अमेरिकी सरकारको कट्टर आलोचक खामेनीले यो सफल नहुने बताएका छन् ।
इरान र अमेरिकाबीचको विवाद ४० बर्ष लामो भएको भन्दै वासिङ्टनले इरानविरूद्ध सैन्य, आर्थिक तथा सञ्चारको प्रयोग गरी हरेक प्रयास गरेको तर हराउन विफल भएको छ, खामेनीले भने । उहाँले थपे, “ विगत ४० बर्षको चुनौतिपछि एउटा प्रमुख सत्य के बनेको छ भने इश्लामिक गणतन्त्र इरानसँग अमेरिका सधैँ पराजित बनेको छ र इरान विजयी बनेको छ ।”
अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो । त्यसपछि इरानमाथि विभिन्न बिषयमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाको पछिल्ला निर्णयहरूले सम्झौताका हस्ताक्षरकर्ता तथा विश्वका प्रभाबशाली राष्ट्रहरू खुशी छैनन् । इरान भने आणविक सम्झौताको पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।
वासिङ्टनले भने पूर्व राष्ट्रपति बाराक ओबामाका पालामा भएको उक्त सम्झौता नमान्ने तर पुनः अर्को नयाँ सम्झौता गर्नुपर्ने बताउँदै आएको छ । नयाँ सम्झौतामा इरानले मध्यपूर्वमा गर्दै आएको हस्तक्षेप तथा हतियार आपूर्तिजस्ता मिसाएल कार्यक्रमलाई घटाउनुपर्ने अमेरिकी ट्रम्प प्रशासनको जिकिर छ । यो मागलाई तेहरानले अस्वीकार गर्दै आएको छ ।
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...