ताजा समाचार

‘चट्ट दिदी नाँचिदेऊ छमछमी’ बोलको भैलेनी गीत

काठमाडौँ ।  “चट्ट दिदी नाँचिदेऊ छमछमी” बोलको भैलेनी गीत युट्युब मार्फत सार्वजनिक भएको छ । बत्ती र फूलहरूले सजिने रमाइलो पर्व तिहार कात्तिक कृष्णपक्षको त्रियोदशी तीथिबाट सुरु हुन्छ । यम पञ्चकको तेस्रो दिन औँसी पर्दछ ।

औँसीको दिन बेलुका धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरघरमा लक्ष्मी पूजा सकेर दिदीबहिनीहरू भैलेनी खेल्न गाउँघरमा जाने परम्परा छ । उक्त दिन भैलेनी खेल्ने भैलेनी दिदीबहिनीलाई लक्ष्मीका दूतका रुपमा लिने परम्परा छ । भैलेनीलाई दान दक्षिणा र सिदा दिँदा घरमा धनधान्यको बृद्धि हुने पुरानो जनविश्वास रहेको छ ।

यसैलाई आधार मानेर कृष्ण उदाशीको रचना, गौरभ दर्पणको संगीत रहेको र नोर्बु शेर्पाको संगीत संयोजन ‘ऐरेन्ज’ रहेको छ । त्यस्तै मेलिना राई र माया गजुरेलको स्वर रहेको भैलेनी गीत युट्युब मार्फत् सार्वजनिक भएको छ ।

गीतको भिडियोको मुख्य भूमिकामा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ रहेका छन् । आटिष्टको भूमिकामा फ्रेण्डसिप डान्स सेन्टरका भाइबहिनीहरू रहेका छन् ।

कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले क्यामरामा कैद गरेका हुन् । मोरङको उर्लाबारीमा सुटिङ गरिएको उक्त भिडियोका लागि सोम मग्रातीले मेकअप आर्टिष्टको भ्रमिका निर्वाह गरेका थिए ।

हेर्नुहोस् भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org