ताजा समाचार

घुस रकम सहित पक्राउ

काठमान्डाैं ।  पाठ्यक्रम बिकास केन्द्र भक्तपुरका लेखापाल गुणराज ढकाल घुस सहित पक्राउ परेका छन्। अक्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमान्डाैंको  गहानापोखरी  स्थित  भान्जा क्याफेबाट २५ हजार घुस सहित प्रकाउ गरेको हो।

लेखापाल ढकाललाई राष्ट्रिय बहिरा महासंघ नेपाललाई कक्षा ६ को सामाजिक र बिज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामाग्री (डि.भि.डी) तयार गर्ने सम्झौताको बिल भुक्तानि माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणको लागि आवश्यक पर्ने भनी  घुस मागेको सुचनाको आधारमा पक्राउ गरिएको अक्तियारका प्रबक्ता रामेश्वर दंगालले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org