ताजा समाचार

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा प्रहरी नायव निरीक्षक अदालतमा

काठमान्डाैं ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोले छानबिन गर्न आरोप-पत्र विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

उनले बढुवा हुने प्रयोजनको लागि बिहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट प्राप्त गरेको मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भइ सरकारी लाभ तथा सुविधा समेत लिएको देखिको पाइएको छ । उनको उक्त कार्यलाई कानुन बमोजिम कारबाही गर्न अदालतमा आरोप पत्र दायर भएको  अक्तियारका प्रबक्ता रामेश्वर दंगालले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org