ताजा समाचार

साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा

काठमान्डैां।साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै परमाणु रियक्टर बनाउने बताएका हुन् ।

परमाणु रियक्टर आणविक प्रक्रिया सञ्चालन तथा नियन्त्रणमा प्रयोग हुने उपकरण हो ।साउदी प्रेस एजेन्सीले यो परमाणु रियक्टर कस्तो प्रकारको हुनेछ भन्नेबारे कुनै जानकारी नदिइएको बीबीसीले लेखेको छ ।साउदी अरबको आगामी दुई दशकमा १६ परमाणु रियक्टर बनाउने योजना छ र यसमा करिब ८० अर्ब डलर खर्च हुने अनुमान छ ।

तर, यसको प्रयोग केमा गर्ने भन्नेबारे भने स्पष्ट भइसकेको छैन । कच्चा तेलको सबैभन्दा बढी निर्यात गर्ने देश साउदी अरबले तीव्ररुपमा बढीरहेको ऊर्जा आवश्यकतालाई हालसम्म तेल र प्राकृतिक ग्यासबाट पूर्ति गर्दै आइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org