ताजा समाचार

हङ्गेरीका जेष्ठ नागरिकको १११ बर्षको उमेरमा निधन

काठमान्डाैं । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । “अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उहाँको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

उहाँ सन् १९०७ मा जन्मिनु भएको हो भने उहाँ किसान थिए । उहाँका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन् । मुलुककै सवैभन्दा जेष्ठ नागरिक भएकाले उहाँको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org