ताजा समाचार

पोखरालाई १६१ रनको चुनौती

काठमाडौं । चितवन राइनोजले पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि पोखरा पल्टनलाई १६१ रनको चुनौती पेश गरेको छ ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको हो ।चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ छक्का प्रहार गर्दै ५१ रन बनाए । त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे ।

त्यस्तै, ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रुपमा ९ रन हुदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १३५ रन हुदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो ।

पोखराका लागि ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १-१ विकेट लिए । पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १-१ विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.