ताजा समाचार

काठमाडौंमा नक्कली सुन बेच्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा नक्कली सुनलाई सक्कली सुन भनेर बिक्री गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् ।

३५ लाख रुपैयाँमा एक किलो सुन बिक्री गर्न लागिएको सूचनाका आधारमा खोजी गर्दा महानगरीय अपराध महाशाखाको टोलीले नक्कली सुन बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेको हो ।

प्रचलित बजार भाउभन्दा सस्तोमा १ किलो सुन बिक्री गर्न लागेका उनीहरुलाई प्रहरीले पछ्याएको थियो । पछि उनीहरुको साथमा रहेको पहँले बस्तु नक्कली सुन रहेको फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका घर भएका ३६ वर्षीय राज कुमार तामाङ छन् । प्रहरीले उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको १ किलोग्राम तौल भएको ‘बिस्कुट’ समेत बरामद गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org