ताजा समाचार

पीपीएलको उपाधि पोखरा पल्टनलाई

काठमाडौं ।पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको हो । पोखराले चितवनलाई ३ विकेटले पराजित गर्दै २७ लाख पुरस्कार जितेको छ   ।

ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १६० रन बनाएको थियो । उसका लागि कप्तान खड्काले सर्वाधिक ५१ रन बनाए । यस्तै, शनि पटेलले ४१, अनिलकुमार शाहले ३७, हरिशंकर शाह ८, करण केसी शून्य रनमा आउट भए । आरिफ शेख १४ रनमा अविजीत रहे ।

१६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको पोखराले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । पोखराका लागि भारतीय खेलाडी रविन्दर सिंहले सर्वाधिक ९० रन बनाए । कप्तान शरद भेषवाकर २२, मोहम्मद नाविद २५, आसिफ शेख १२, कुशल भुर्तेल ४, कृष्ण कार्की र रोहितकुमार पौडेल शून्य रनमा आउट भए । विनोद भण्डारी (५) र राशिद खान (०) रनमा नट आउट रहे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org