प्रहरी र जनताबीच अन्तरसम्बन्ध आवश्यक
पोखरा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आयोजित समुदायमा प्रहरी साझेदारीसम्बन्धी अन्तक्र्रिया एवम् शुभकामना आदानप्रदान कार्यक्रममा उनले निष्ठा र इमान्दारीका साथ शान्तिसुरक्षा कायम गर्न दत्तचित भएर काम गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्रहरीले शान्ति सुरक्षा कायम गर्दै घटनाको न्यूनीकरणमा जोड दिनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जनप्रतिनिधि र प्रहरीको सहकार्यमा शान्तिसुरक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठले मुलुक र जनताको सुरक्षाका लागि प्रहरीले अगाडि सारेको प्रत्येक गतिविधिलाई मिडिया क्षेत्रले सहयोग गर्दै आएको जानकारी दिए ।
Comments
अरु समाचार
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
नौ महिनामा सत्र हजार आँखाको शल्यक्रिया
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले...
-
काश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
काठमाडौं । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका...
-
तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा...
-
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका...
-
तेमालमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । जिल्लाको तेमाल गाउँपालिकाको आयोजनामा नौ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ,...
-
बालाजु बाइसधारा मेला सुरु
काठमाडौ । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका...
-
नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।महाधिवेशनको तयारी, पार्टी...
-
शुक्लाफाँटामा बाघ बढे
काठमाडौं । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४...