ताजा समाचार

मेक्सिकोमा नौ जनाको मृत्यु

मेक्सिको ।   एउटा ठूलो ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा परी मेक्सिकोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी अरू १६ जना घाइते भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

राजमार्गमा तीव्र गतिमा रहेको ट्रकको ब्रेक फेल भएर नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको थियो ।

सडकमा धेरै भीड भएको बेला बेलुकाको समयमा मेक्सिको सिटी नजिकै दुर्घटना भएको नगर सुरक्षा विभागले जनाएको छ ।

घाइते भएकाहरूलाई तत्काल हेलिकोप्टरमार्फत उपचारका लागि अस्पताल पु¥याइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org