ताजा समाचार

एमेच्योर च्याम्पियन डाँगीलाई चेसको अर्को उपाधी

पोखरा  पोखरामा सञ्चालित ‘प्रथम सानुकाजी लिगल स्मृति बुद्धिचाल प्रतियोगिता–२०७५’ मणिराज डाँगीले जितेका छन् । यो उपाधिसँगै डाँगीले नगद रु ७०००, मेडल तथा ट्रफी पनि हातपारे ।

अन्तिम राउन्डमा भुमी गुरुङसँग बराबरी खेलेका मणि र भुमी तथा रामबहादुर क्षेत्रीलाई हराएका मदन विजुक्छे तीनै जनाको समान ५ अंक भएको भएपनि progressive point को आधारमा डाँगी प्रथम, भुमी द्वितीय र मदन तृतीय भए । सागर शाही चौंथा र पूर्व नेपाल तेस्रो भए ।

अर्का प्रतियोगी  मोति गुरुङले पाँचौ स्थानमा चित्त बुझाउनु प¥यो ।  कास्की जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा २०७५ कार्तिक १९–२१ गतेसम्म चलेको उक्त प्रतियोगिताको समापन समारोहमा बोल्दै आयोजका तर्फबाट उनका छोरा ई.राजेन्द्र लिगलले यो प्रतियोगितालाई अझ परिमार्जन सहित प्रत्येक वर्ष निरन्तरता दिने प्रतिबद्धता जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org