ताजा समाचार

एक महिनाभित्रै तीन राप्रपा एक हुन्छौं, एकताको ९० प्रतिशत काम सम्पन्न : अध्यक्ष डा. लोहनी

काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने घोषणा गरेका छन् ।

पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो ।’

उनले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेपनि कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने,‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनै जना नेताहरु मिलेर जान्छौं । यसमा कुनै दुई मत छैन् ।’

एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा भने आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने पनि उनले जनाए । लोहनीले भने,‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org