लेख्ने शैली नजान्दा ३०–४० पल्ट असफल भएँ : पुनम भट्ट
काठमाडौँ । बैतडीको दुर्गम गाउँमा दैनिक करिब दुई घन्टाको बाटो हिँडेर विद्यालय पढेँ । स्कुलमा औसत विद्यार्थी थिएँ । उच्च शिक्षा महेन्द्रनगरमा लिएँ । आइए पढ्दै थिएँ, ०५८ मा बिहे भयो । सानैदेखि बैंकमा काम गर्ने मेरो रहर हो । त्यही रहर पूरा गर्न ६–७ पटक विभिन्न बैंकमा परीक्षा दिएँ । तर, सफल हुन सकिनँ । बैंकसँगै निजामती सेवामा प्रवेश गर्न लोकसेवा परीक्षा पनि दिइरहेँ ।
लोकसेवातर्फ करिब एक–डेढ दर्जन परीक्षा दिएँ । हरेकपल्ट परीक्षा दिएर फर्किएपछि नाम निस्कन्छ भनेर उत्साही भएर बस्थेँ । तर, नतिजा आउँदा हातमा लाग्यो शून्य हुन्थ्यो । परीक्षाको तयारी गर्दा निकै मिहिनेत गरेको हुन्थेँ । पाठ्क्रमअनुसार पढ्नुपर्ने केही बाँकी नराखी पढ्थेँ । र, पनि पास हुन सकिरहेको थिइनँ । ती असफलताले मलाई केही हतास पनि बनायो । र, पनि हिक्मत हारिनँ ।
असफलताको मुख्य कारणचाहिँ लोकसेवामा कसरी लेख्ने भन्ने ज्ञान नहुनु थियो । किनकि मेरो परिवारबाट मभन्दा अघि कोही पनि निजामती सेवामा थिएनन् । त्यसो हुँदा लोकसेवा तयारी कसरी गर्ने, के पढ्ने, के नपढ्ने भन्ने नै थाहा थिएन । पढेर पनि परीक्षामा कसरी लेख्ने भन्ने ज्ञान थिएन ।
०६१ को एउटा परीक्षामा त कतिसम्म भयो भने सुब्बाका लागि भएको परीक्षामा एउटा प्रश्न नेपालको संविधानको मौलिक हकमा सन्दर्भमा लेख्न भनिएको थियो ।
मलाई ०४७ को संविधान करिब कण्ठै थियो । मलाई प्रश्न निकै सजिलो लाग्यो । त्यो प्रश्नको उत्तर लेख्दालेख्दै एक घन्टा सकिएछ । सजिलो प्रश्नपत्र आएकोमा निकै खुसी थिएँ, सबै प्रश्न हल गर्न सकिनँ । लोकसेवाका लागि त सबै प्रश्नपत्र उत्तिकै महत्वपूर्ण थियो । त्यसअघि मलाई परीक्षा हलमा समय व्यवस्थापन र लेख्ने शैलीबारे ज्ञान नै थिएन । त्यसपछि पनि मैले मुखिया, खरदार र सुब्बाका लागि मात्र करिब एक दर्जनपटक परीक्षा दिएँ । र पनि सफल हुन सकिरहेको थिइनँ ।
काठमाडौं आएपछि…
धेरै मिहिनेत गर्दा पनि पास हुन सकिनँ । र पनि जसरी भए पनि निजामती सेवामा प्रवेश गर्ने सपना मार्न सकिनँ, हिक्मत हारिनँ । मुख्य समस्या परीक्षामा कसरी लेख्ने भन्ने थाहा नहुनु थियो । ०६३ सालमा काठमाडौं आएर नेपाल टेलिकमको पाँचौँ तहका लागि तयारी कक्षा लिएँ । त्यसमा भने म पहिलोपटक नाम निकाल्न सफल भएँ । त्यही वर्ष मैलै राष्ट्र बैंकको चौथो तहमा र निजामती सेवातर्फ खरदारमा पनि लिखितमा पास गरेँ । दुर्भाग्य अन्तर्वार्ताको रिजल्ट आउँदा सबैमा वैकल्पिकमा नाम निस्कियो । त्यसपछि मैले थप व्यवस्थित तरिकाले पढ्नुपर्छ भन्ने निष्कर्ष निकालेँ । पास त भएँ, तर लेख्ने तरिका नमिल्दा अंक पुगेन भन्ने लाग्यो ।
लेखन शैली सुधार्न कक्षा नै लिएँ
०६६ मा शान्ति समितिको सचिव भएर करारमा जागिर खान कञ्चनपुर गएँ । त्यही जागिरले मेरो जीवनमा नयाँ मोड ल्याइदियो । हरेक महिना प्रमुख जिल्ला अधिकारीको कार्यालयमा सिडिओको अध्यक्षतामा शान्ति समितिको बैठक बस्थ्यो । त्यहाँ सबै निजामती सेवाका स्थायी कर्मचारी हुन्थे । मलाई पनि त्यस्तै स्थायी कर्मचारी हुने इच्छा थियो । तर, म करारको कर्मचारी थिएँ । मभित्र जसरी पनि निजामती सेवा प्रवेश गर्ने हुटहुटी भइरह्यो । करारको जागिर छोडेँ । काठमाडौं आएर कसरी लेख्ने भन्ने कक्षा लिएँ । घरमा नमुना प्रश्नपत्र हल गर्थेँ । र पढाउने सरहरूलाई जाँच्न लगाउँथे । पढ्ने, नमुना प्रश्नपत्र हल गर्ने र त्यस्तो हल गरिएको कपी लोकसेवा पास भइसकेका लोकसेवा पढाउने सरहरूलाई चेक गराउँथेँ ।
त्यसरी तयारी गरेपछि ०६७ माघ २ मा लेखापाल र राजस्व समूहको सुब्बा दुवैमा एकैपटक नाम निकालेँ । राजस्वतर्फको सुब्बामा एक नम्बरमा नाम निकालेको थिएँ । मैले राजस्व समूह रोजेँ । सुब्बा भएर काम गर्न थालेको ७ महिनामै अफिसरमा नाम निकालेँ । अफिसरमा पहिलो प्रयासमै नाम निकालेको हुँ । पुराना अनुभवले मलाई अधिकृतमा नाम निकाल्न सजिलो बनायो । मैले विगतमा धेरै पढेको हुँ, तर धेरै पढेर, धेरै लेखेर होइन । मिलाएर ठिक्क लेख्नुपर्छ, राम्रो लेख्नुपर्छ भन्ने बुझेपछि म पहिलो प्रयासमै अधिकृतमा पास भएँ ।
मसँग दुई बहिनीहरू थिए । उनीहरू लोकसेवा भन्नेबित्तिकै तर्सिन्थे । मेरो ठूलो प्रयासबाट पनि उनीहरू आत्तिएका थिए । जब मैले पढ्ने र लेख्ने शैली बुझिसकेको थिएँ । मैले उनीहरूलाई लोकसेवा पढ्न लगाएँ । पढ्ने र लेख्ने तरिका सिकाएँ । ५ नम्बरको प्रश्नलाई कसरी लेख्ने, १० नम्बरको प्रश्नलाई कसरी लेख्ने र कति लेख्ने भन्ने सिकाएँ । उनीहरू दुवैजना पहिलो चरणमै लोकसेवाबाट नायब सुब्बा पास भए । लेख्ने शैलीमा सुधारपछि म पनि फटाफट पास भइरहेको छु । सायद अब त्यस्तो दर्जनौँ प्रयास आवश्यक पर्दैन पनि ।नयाँ पत्रिकाबाट
Comments
अरु समाचार
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...
-
सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?
काठमाडौं । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको...
-
नेपालमा जनसङ्ख्या – ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय (विचार)
काठमाडौं । एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको...
-
ज्येष्ठ नागरिक समाजका जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको...
-
नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’
नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको...
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
१६ औँ योजनाः लक्ष्यमै केन्द्रित दिगो विकास
काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औँ पञ्चवर्षिय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान...
-
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र: सुरक्षाविद् थापा
काठमाडौं । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक...