चिकित्सकविहीन औषधालय, सेवाग्राही प्रभावित
जुम्ला । तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् ।
डा रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर गएपछि अहिलेसम्म औषधालय चिकित्सकविहीन हुनपुगेको हो । आयुर्वेद चिकित्सक आठौँ तहको पद रिक्त छ ।
हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या आउने आयुर्वेद वरिष्ठ वैद्य न्यौपानेले बताउनुभयो ।
औषधालयमा चिकित्सक नभएपछि शल्यक्रियाका काम हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “न्यूनतम शुल्कमा पायल्स, घाउ, खटिराको शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डा नभएपछि त्यो काम हुन सकेको छैन ।” आयुर्वेद विभागमा पटकपटक पत्राचार गरेर चिकित्सक पठाइदिन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उहाँले बताउनुभयो ।
वैद्य न्यौपानेका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । “त्यसैले चिकित्सक पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ । चिकित्सक आउनु भए सहज हुन्थ्यो”, उहाँले भन्नुभयो ।
हाल कर्णाली अञ्चल आयुर्वेद औषधालयमा पाँच जना कर्मचारी कार्यरत् छन् । एक जना वैद्य, एक जना आयुर्वेद सहायक, एक जना सहलेखापाल र दुई जना कार्यालय सहयोगी छन् । एक जना चिकित्सकको पद मात्रै रिक्त छ ।
औषधालयमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न आउँछन् । समयमा औषधि आउँदैन, औषधिका लागि न्यून बजेट विनियोजन गरिएकाले समस्या हुने गरेको छ । धेरैजसो कमलपित्त, श्वासप्रश्वास, स्त्रीरोग, पायल्स, बाथ, मूत्रविकार, छालासम्बन्धी बिरामी उपचारका लागि आउने गर्दछन् । कमलपित्त र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ । जिल्लाका सातवटै गाउँपालिका र डोल्पा मुगु, कालिकोटसम्मका बिरामी यहाँ आउने गर्छन् । रासस
Comments
अरु समाचार
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी...
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
काठमाडौं । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा...
-
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु
काठमाडौं । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
काठमाडौं । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख...
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको...
-
अर्थमन्त्रीले पुनले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू...
-
आजको राशिफल: २०८१ वैशाख १३ गते बिहीवार
मेष : व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। छोटो समयमा मनग्य...