ताजा समाचार

फिरी लगाउने परम्परा हराउँदै

बेत्रावती ।  परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोटमा लोप हँुदै गएको छ । नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महीनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशा फिरी लगाउने कार्य नया“ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।

जरायोको सिङबाट बनेको लोकबाजा फिरी बजाएर पेशालाई निरन्तरदा दिँदै आएका योगीनाथ आफ्नो भक्तका घरमा आउन नै छाडेको किस्पाङ गाउँपालिका–२ फिकुरीका वडाध्यक्ष देवनाथ भट्टले बताउनुभयो ।

उहाँको अनुसार पुख्र्यौली सम्पत्तिजस्तै गरी भक्तका घरलाई योगीका सन्ततिले भाग लगाएर कात्तिक र चैत महीनामा घरघरमा पुगी सह जगाउने परम्परा भए पनि अहिले धेरै स्थानमा योगीले फिरी लगाउन जान छाडिसकेका छन् ।

गोरखनाथका भक्तका रुपमा चिनिने योगीले मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने विश्वास छ । अहिलेका पुस्ता योगी बन्न कान छेडेर कानफटा लगाउन रुचि नदिनु र मन्त्रपाठ ध्यान गर्न नचाहनुले मौलिक संस्कृति हराउँदै गएको लिखु गाउँपालिका–१ का ६९ वर्षीय दुर्गानाथ योगीले बताउनुभयो ।

“परम्परालाई निरन्तरता दिन गाह्रो भइसक्यो ।” उहाँले भन्नुभयो, “घर धेरै छन्, पूरा मन्त्र पढ्न र दान थाप्न नै भ्याइन्न, सन्तानले पनि सहयोग गर्दैनन् ।” अघिल्लो रात फिरी लगाउने र भोलिपल्ट दान थाप्दै हिँड्ने योगीलाई भक्तले घरमा सह जाग्ने, भूतप्रेत तथा पिचासले दुःख नदिने विश्वासमा दान दिने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org