ताजा समाचार

अमेरिकी लेखक स्टान लीको निधन

लस एन्जलस ।   अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उहाँ विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुनुहुन्छ ।

“मार्भेल कमिक” का पूर्व प्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट गर्नेक्रम जारी छ ।

वुल्भेराइनमा खेल्ने कलाकार ह्युज ज्याकमानले भन्नुभयो, “हामीले एकजना विशिष्ट लेखक गुमाएका छौं । स्टान ली सुपरहिरो ब्रह्माण्डका एकजना अद्भूत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको रचनामा एउटा सानो भूमिका पाएकामा म कृतज्ञ छु ।”

आइरन म्यानमा अभिनय गरेका कलाकार रोबर्ट डाउनी जुनियरले “म तपाईंप्रति कृतज्ञ छु, तपाईंको शान्तिबास होस्” भन्नुभएको छ ।

क्याप्टेन अमेरिकामा अभिनय गरेका क्रिस इभान्सले अब अर्को स्टान लीको जन्म सायद हुँदैन भन्नुभएको छ । उहाँले भन्नुभयो, “दशकौंसम्म स्टानले युवा र वयस्क उमेरका सबैलाई समान किसिमबाट साहस, पलायन, आत्मविश्वास, उत्प्रेरणा, सामथ्र्य, मित्रता र आनन्दित तुल्याउनुभयो ।”

मार्भेल स्टुडियोका प्रमुख केभिन फाइजले स्टानको निधनले विश्वमै एउटा रिक्तता सिर्जना गरेको बताउनुभएको छ । रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org