ताजा समाचार

कसरी हुन्छ पायल्स ?

सुमित्रा कार्की /काठमाडौँ ।   हिजो आज पायल्सका बिरामीहरु बढ्दै गएको पाइन्छ । पयाल्स के कारणले गर्दा मानिसमा हुन्छ भन्ने कुरा राम्रोसँग मानिसलाई थाहा नभएका कारण यस रोगका बिरामीहरुको संख्या बढ्दै गएको हो ।

दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।पायल्स हुनुको केही प्रमुख कारणहरु यस्ता छन् :

१) गर्‍हौ वस्तु उठाउनु 

गर्‍हौ वस्तु उठाउनाले पनि पाइल्स हुनसक्छ । धेरै गर्‍हौ वजन जबर्जस्ती उठाउादा शरीरको तल्लो भागमा दवाव पर्छ, जसका कारण तलको नसा फुटेर पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।

२) अधिक व्यायाम गर्नु

कतिपय मानिसलाई अधिक व्यायाम गर्नाले पनि पाइल्सको समस्या हुने गर्छ । शरीरको क्षमताभन्दा बढी व्यायाम गर्दा शरीरको तल्लो भागमा अधिक दवाव पर्छ र पाइल्स हुने सम्भावना बढ्छ ।

३) बाथरुममा धेरै बस्ने 

बाथरुममा धेरै बेर बस्ने गर्नाले पाइल्स हुनसक्छ । विशेषगरी बाथरुममा धेरै बेर बसेर मल त्याग गर्दा धेरै जोर लगाउनु पर्छ । यसका कारण मलद्वारको नसा सुन्निने र पाइल्स हुने डर बढ्छ ।

४) जंकफुडको सेवन

बढी मात्रामा तेलयुक्त, अधिक वोसोयुक्त तथा जंकफुडको सेवनले पनि मल कडा हुने गर्छ । परिणामस्वरूप पाइल्सको समस्या निम्तनसक्छ ।

५) कब्जियत

कव्जियतका कारण पेटको फोहोर आन्द्रामै रहन्छ । आन्द्रामा फोहोर जमेमा उक्त फोहोरले मलद्वाराको नसामा असर पुर्‍याउाछ र उक्त नसा फुटेर पाइल्स हुने गर्छ ।

६) गर्भावस्था

गर्भावस्थाका कारण पनि कब्जियतको समस्या निम्तन्छ र कब्जियतका कारण पाइल्स हुने डर बढ्छ ।

७) निष्किय जीवनशैली

निष्किय जीवनशैली तथा व्यायामको कमीका कारण पाचन तन्त्र कमजोर हुन्छ । कमजोर पाचन तन्त्रका कारण खाना राम्ररी पच्दैन र मलत्याग गर्न समस्या हुने गर्छ । यसका कारण पनि पाइल्स हुनसक्छ ।

८) लुज मोसन

बारम्बार पखाला लागेमा, एकै दिनमा धेरै पटक दिसा गरेमा पनि मलद्वारको नसा कमजोर भई पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org