ताजा समाचार

नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको छः प्रधानमन्त्री

काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको दावी गेरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङसंगको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए ।

‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं,’ प्रधानमन्त्री ओलीलाई उधृत गर्दै उनका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले भने ।भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौदेखिको सम्बन्ध रहेको स्मरण गर्दै भने, ‘हामी एउटै हिमालको वारिपारि बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं । हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।’

चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए । गतवर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org