यमनमा अमेरिकी ड्रोन आक्रमण, सर्वसाधारण नै बढी मारिए
काठमान्डाै । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन् ।
ड्रोन आक्रमणबाट मारिएका व्यक्तिहरुको पहिचान, संख्या र आबद्धताका बारेमा पर्याप्त प्रमाणको अभाव छ । तर यसै वर्षमात्र गरिएका ड्रोन आक्रमणको संख्या विश्लेषण गर्दा मारिएका कम्तीमा ३० जना अल–कायदासँग आबद्ध नरहेको एपीको अध्ययनले देखाएको छ ।
अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मृतकको संख्याका बारेमा कुनै विश्लेषण सार्वजनिक गरेको छैन, तर एउटा स्वतन्त्र अध्ययनमा यमनमा यस वर्षमात्र ड्रोन आक्रमणबाट लडाकू र गैर–लडाकू दुवै गरी करिब ८८ जना मारिएको जनाएको छ ।
एपीले अपुष्ट नै भएपनि एउटा गणना सार्वजनिक गरेको छ । यी ड्रोन आक्रमणबाट प्रायः सर्वसाधारण नै बढी मारिने गरेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि ड्रोन आक्रमणमा अझ तिब्रता आएको छ । खोज पत्रकारिता ब्यूरोका अनुसार, दुई वर्षकै अवधिमा यमनमा झण्डै एकसय ७६ वटा आक्रमण भएका छन् जबकी ओबामा प्रशासनका आठ वर्षमा एकसय ५४ वटा ड्रोन आक्रमण भएका थिए ।
प्रत्यक्षदर्शी, परिवार, आदिवासी नेताहरु र अधिकारकर्मीसँगको अन्तर्वार्ताका आधारमा अध्ययन गर्दा ड्रोन आक्रमणबाट मारिनेमा २४ जना सर्वसाधारण नागरिक र कम्तीमा ६ जना सरकारी फौजमा आबद्ध सैनिक रहेका छन् ।
यमनको गृहयुद्धमा ड्रोनको प्रयोगका बारेमा धेरैलाई चासो समेत छैन । साउदी गठबन्धनले इरान समर्थित हुथी बिद्रोही विरुद्ध गरेको हवाई आक्रमणको छायाँमा ड्रोन आक्रमण परेको छ । साउदी आक्रमणकै कारण यमनको गृहयुद्धमा ५७ हजारभन्दा बढी नागरिक र लडाकूहरुको मृत्यु भइसकेको छ । द्वन्द्वका कारण हजारौंको भोकमरिका कारण अकालमा ज्यान गएको छ ।
तुलनात्मक रुपमा हेर्दा, यमनमा अमेरिकी ड्रोनका कारण भएको मृत्यु सयको हाराहारीमा छ । तर, ड्रोनबाट भएको मृत्युको यथार्थ विवरण खोजी गर्नेक्रम शुरु भएको छ । खोज पत्रकारिता ब्यूरोले सन् २००९ देखि २०१६ को अवधिमा ड्रोन आक्रमणबाट एक हजार २० जनाको मृत्यु भएको जनाएको छ । सन् २०१७ र १८ मा २०५ जनाको मृत्यु भइसकेको छ । अर्को संस्था आम्र्ड कन्फ्लीक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्टका अनुसार पछिल्ला दुई वर्षको अवधिमा ३३१ जनाको मृत्यु भएको छ ।
यमनमा विभिन्न समूह एकअर्कासँग भिडन्त गरिरहेकाले ड्रोन आक्रमणबाट मारिने व्यक्तिको यथार्थ विवरण सङ्कलनमा कठिनाइ हुने गरेको छ । अल–कायदाले पछिल्लो समय हुथी विद्रोही विरुद्ध सङ्घर्ष गरिरहेको छ । हुथी विरुद्ध अमेरिका समर्थित गठबन्धनले आक्रामक कारबाही जारी राखेको छ ।
यमनका पहाडी इलाकाहरुमा लुकेर बस्ने अल–कायदा समूहका गतिविधिलाई सीमित गर्न अमेरिकी ड्रोन कारबाही केही सफल रहेको मानिन्छ । उनीहरुलाई ठुल्ठूला सभाहरु गर्न तथा मोबाइल फोनको प्रयोग गर्न पनि ड्रोनको उपयोगले सहयोग गरेको छ । अल–कायदाले अन्ततः दक्षिणी यमन छाडेको छ, तर हतियार राख्न र गोप्य सम्झौता बमोजिम युएईबाट रकम लिन पाउँछ ।
Comments
अरु समाचार
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...
-
कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल
एजेन्सि। कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट सन् २०२४ का निम्ति विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा...
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...