मध्य–अमेरिकी आप्रवासीहरूले अमेरिकी पर्खाल नाघे
तिजुआना, मेक्सिको । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।
मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा पुगेका थिए । अमेरिकी सीमासुरक्षा बललाई देख्नासाथ उनीहरु पुनः मेक्सिकोतर्फ फर्किएका थिए ।
“हामी अपराधी होइनौं,” उनीहरुमध्ये केहीले ठूलो स्वरमा चिच्याएका थिए । उनीहरुको आवाज राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा आइपुग्नै लाग्दा सीमामा करिब छ हजार थप सैनिक परिचालन गर्न आदेश दिनुभएको छ ।
अर्को मुख्य समूहमा करिब चार हजार सहभागी छन् । उनीहरु पनि केही दिनभित्रै सीमामा आइपुग्ने बताइएको छ । आफ्नो देशमा व्याप्त गरिबी र हिंसाका कारण देश छाडेको बताउने यी मानिसहरु अमेरिकामा आप्रवासी हुन चाहन्छन् ।
कम्तीमा पनि नौ जना आप्रवासी अमेरिकी भूमिमा प्रवेश गरिसकेका छन् र उनीहरुलाई सीमासुरक्षा बलले पक्राउ गरेको छ । यीमध्ये चार बालबच्चा सहित एक आमा र १९ वर्षकी गर्भवती रहेका छन् । उनीहरु होन्डुरसका नागरिक हुन् ।
“उनी अमेरिका गइहालिन् । मलाई थाहै थिएन, उनी त अमेरिकाभित्र गइसकिछन्,” उनका १७ वर्षे पति मोजेज हर्नान्डेजले बताए । “मैले बुझेको छु । उनी नयाँ जीवनको खोजीमा छिन् । हामी हाम्रो देशमा व्याप्त गरिबीबाट आजित भइसकेका थियौं ।”
गत साता राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कानुनी विधि अनुसरण नगरी अमेरिका प्रवेश गर्नेलाई शरणार्थीको मान्यता नदिने उल्लेख छ । त्यस्ता व्यक्तिलाई स्वदेश फर्काइने छ ।
तिजुआनमा भेला भएका धेरैजसो आप्रवासीहरुले सीमा पार गर्नुअघि समूहका अरु सदस्यलाई पनि पर्खिने बताएका छन् ।
सीमाको अर्कोतर्फ अमेरिकाको टेक्सास भ्रमणमा रहनुभएका रक्षामन्त्री म्याटिसले अमेरिकी सीमासुरक्षा बललाई सहयोग गर्न सैनिक परिचालन आवश्यक रहेकामा जोड दिनुभयो । तर रिपब्लीकन पार्टीकै कतिपयले राष्ट्रपति ट्रम्पको यो योजनाको आलोचना गरेका छन् ।
तिजुआनाका लागि मेक्सिकोका विभिन्न स्थानबाट आप्रवासीहरु हिँडिसकेका छन् । कतिपयलाई बस, ट्रकको व्यवस्था पनि गरिएको छ ।
होन्डुरसका यी आप्रवासीहरुले अक्टोबर १३ मा आफ्नो यात्रा सुरु गरेका थिए । उनीहरु करिब तीन हजार किलोमिटरको यात्रा गरी मेक्सिको–अमेरिका सीमामा पुग्ने अभियानमा छन् ।
शुक्रबारसम्म अमेरिकी सीमामा करिब पाँच हजार आप्रवासी पुगिसक्ने अनुमान गरिएको छ ।रासस/एएफपी
Comments
अरु समाचार
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...
-
कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल
एजेन्सि। कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट सन् २०२४ का निम्ति विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा...
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...
-
भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता
काठमाडौं । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन्...
-
सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सर्न सक्छ–इम्यानुएल म्याक्रोन
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमबार...