ताजा समाचार

फोटोमा हेर्नुहोस् दीपिका–रणवीर बिबाह

एजेन्सी । बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणले ६ वर्षको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका छन्। बुधबार र बिहीबार चलेको वैवाहिक समारोहपश्चात् उनीहरु पति-पत्नी भएका छन्।

प्राकृतिक सुन्दरताले भरिपूर्ण इटालीको कोमोस्थित डेल बैलबियानेलोमा उनीहरुले विवाह सम्पन्न गरेका हुन्। यसअघि बलिउडकी चल्तीकी हिरोइन अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीले पनि इटालीमै विवाह गरेका थिए। उनीहरुको विवाह इटालीको टस्कनीमा भएको थियो।

दुवैले कोकणी र आनन्द कराज परम्परा अनुसार विवाह गरे। दीपिका र रणवीरको परिवार फरक समुदायका भएका कारण नोभेम्वर १४ मा दीपिकाको तर्फबाट कोकणी परम्परा अनुसार र नोभेम्वर १५ मा रणवीरका तर्फबाट ‘आनन्द कराज’ परम्पराका आधारमा विवाह भएको हो।

नोभेम्बर २१ मा दीपिकाको तर्फबाट बेङ्लोरमा र नोभेम्वर २८ मा रणवीरका तर्फबाट मुम्बईमा विवाह भोज खुवाइने भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org