ताजा समाचार

सन्दीप दिल्ली डेयर डेभिल्समा पुनः अनुबन्धित

काठमाडौँ । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ‘आइपिएल’ २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो ।

आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई रु ३२ लाखमा अनुबन्ध गरेको थियो । सन् २०१९ को आइपिएलमा उनलाई अनुबन्ध गरेको रकम भने खुलाइएको छैन ।

सन् २०१८ को आइपिएलमा सन्दीपले दिल्लीका लागि तीन खेल खेल्दै पाँच विकेट लिएका थिए । सन्दीपले आइपिएलसँगै क्याराभिएन प्रिमियर लिग ‘सिपिएल’, ग्लोबल टी–२० ‘क्यानडा’ र अफगानिस्तान प्रिमियर लिग ‘एपिएल’ खेलिसकेका छन् । उनी अष्ट्रेलियन बिग बास लिग र बङ्गलादेश प्रिमियर लिगका लागिसमेत छनोट भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org