ताजा समाचार

विवाह निम्तो कार्ड झन्डै पाँच लाखको (भिडियो हेर्नुहोस्)

मुम्बई । यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ। तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै चुलिएको छ। उनीहरूको विवाहका लागि पठाएको निम्तो कार्डको तस्बिर र भिडियो भाइरल बनेको छ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्सका अनुसार अम्बानीले छोरीको विवाहमा आउन पठाएको निम्तो कार्डको मूल्य नै झन्डै पाँच लाख रूपैयाँ ‘तीन लाख भारू’ पर्छ।

डायरीजस्तो निमन्त्रणा कार्डको सुरूमै दुबैका नामको पहिलो अक्षर आईए लेखिएको छ। भित्र पवित्र मन्त्रहरू, बेहुला र बेहुलीका हजुरआमाका लागि लेखिएका पंक्ति पनि समावेश छ। बाबुआमाका तर्फबाट छुट्टै र दुलहादुलहीका तर्फबाट छुट्टै निमन्त्रणा र विवाह समारोहका विभिन्न कार्यक्रमको समय तालिका छ।

कार्डभित्र एउटा सुनौलो अक्षरमा बुट्टा भरिएको बाकस छ जसलाई खोल्नासाथ गायत्री मन्त्र बज्न सुरू हुन्छ।

कार्डमा अरू साना चार वटा बाकस पनि छन्। तिनमा रत्नजडित हार र सुनौलो फ्रेममा देवीदेउताका तस्बिर छन्। एजेन्सी

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?time_continue=24&v=4ncmAXaCTRs

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org