ताजा समाचार

नेविसंघमा उमेर हद लगाउने निर्णय भएको छैन : नेता केसी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेविसंघमा उमेर हद लगाउने निर्णय नभएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले उक्त कुरा बताएका हुन् ।

पार्टीको विधानअनुसार प्रत्येक भातृ संगठनको विधान उनीहरू आँफैले बनाउने भएकोले नेविसंघमा उमेर हद पार्टीले तोक्ने कुरा आँफैमा विधानभन्दा सर्वथा उल्टो रहेको केसीको भनाई छ ।  यद्यपी उनले नेविसंघको उमेर हदको विषयमा पार्टीले निर्णय नगरेको जिकिर गरे । उनले भने, ‘यो विषय छलफलको विषय हो । अहिले उमेर हद लगाउने निर्णय भएको छैन ।’

उनले नेविसंघ, तरुण दललगायत भातृ संगठन र पार्टीमा पनि उमेर हद लगाउने हो भने आफू तयार रहेको सुनाए । उनले भने,‘म तयार छु । सरंक्षक बन्न तयार छु । तर, नेताको क्रियाशिलता हेर्नुपर्छ । भीजन हेर्नुपर्छ । सिर्जनात्मक शक्ति हेर्नुपर्छ ।’

केसीले नेविसंघको अधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले टिके प्रथाबाट मनोनित गर्ने कुराको आफू विरोधी भएको पनि जनाए । उनले भने,‘टिके प्रथाको म हिजोपनि विरोधी थिएँ । आजपनि विरोधी नै हुँ । र, भोलि पनि विरोध गर्छु ।’ नेविसंघमा तदर्थ समिति बनाउने कुरा विकल्प हुनै नसक्ने उनको जिकिर छ । उनले भने,‘यसको एकमात्र विकल्प भनेको अधिवेशन गर्नुपर्छ । नेताको भजन मण्डलेलाई नेविसंको नेतृत्व सुम्पिनुहुँदैन् । नेविसंघलाई अब पंग्गु र व्यक्तिमुखी नबनाऔं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org