ताजा समाचार

बहुप्राविधिक शिक्षालय खोलिनेः वनमन्त्री

काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा बहुप्राविधिक शिक्षालय खोल्ने तयारी पूरा भएको बताएका छन।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले एचए, अनमी र स्टाप नर्सलगायत प्राविधिक शिक्षा पढाउन शिक्षालयको काम शुरु भइरहेको जानकारी दिए ।

उनले जिल्लाका सात स्थानीय तहमा विद्युतीकरणका लागि रु २८ करोड ९० लाखको बजेट विनियोजन भई कार्यान्वयन प्रक्रियामा रहेको जानकारी दिए ।सञ्चार सेवालाई भरपर्दो तथा सबैको पहुँच पु¥याउन टावर निर्माणका काम गर्न टेण्डर प्रक्रिया भइ काम अगाडि बढेको भन्दै मन्त्री बस्नेतले जिल्लाका नलगाड र छेडागाड नगरपालिकामा अस्पताल खोल्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन ।

चुनावमा गरिएको प्रतिबद्धताहरु शत्प्रतिशत पूरा हुने दाबी गर्दै उनले जडीबुटीका लागि पकेट क्षेत्र घोषणा गर्ने तयारीमा मन्त्रालयले अन्तिम तयारी गरेको बताएका छन। यसअघि उहाँले प्रदेश स्तरीय बृहत् जलाधार व्यवस्थापन केन्द्रको सदरमुकाम खलङ्गामा उद्घाटन गर्नुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org