ताजा समाचार

नेको इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार

 

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ५६.९१ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले तीन महिनामा ५ करोड ६७ लाख रुपैयाँ नाफा गरेको छ । गत बर्ष तीन करोड ६१ लाख रुपैयाँ थियो।

कम्पनीले खुद बीमा शुल्क आर्जन २९.०७ प्रतिशतले बढाएको छ। तीन महिनामा खुद बीमा शुल्क ३० करोड ४९ लाख रुपैयाँ आर्जन गरेको हो।

गत बर्षभन्दा दाबी भुक्तानी ६६.७९ प्रतिशतले बढेको छ। तीन महिनामा १३ करोड १४ लाख रुपैयाँको दाबी भुक्तानी गर्दा पनि अझै १७ करोड ४१ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकमको व्याज र अन्य लगानीबाट प्राप्त हुने आम्दानी ६१।२ प्रतिशतले बृद्धि भएको छ। यस्तो आम्दानी तीन करोड ९३ लाख रुपैयाँ रहेको छ।

कम्पनीले बीमा समितिको निर्देशन अनुसारको पूँजी जुटाइसकेको छ। एक बर्षको अवधिमा चुक्ता पूँजी ६५ प्रतिशतले बढेर एक अर्ब १७ करोड रुपैयाँ पुगेको छ। जगेडा कोषमा ३६ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org