ताजा समाचार

मिस वल्र्डका लागि भोट गर्न श्रृङ्खला खतिवडाको आग्रह, यसरी गर्नुहोस् भोट

 

काठमाडौं । मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले मिस वल्र्डको ताज नेपालमा ल्याउन चाहेको र त्यसका लागि भोट गर्न आग्रह गरेकी छन् ।

डिसेम्बर ८ मा चीनको सान्यामा हुने मिस वल्र्ड प्रतियोगितामा एकसय एक्काइस १२१ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

उनी तिहारको भाइटिकाको भोलिपल्ट चीन प्रस्थान गरेकी हुन् ।

हाल चीनमै तयारी गरिरहेकी खतिवडाले सामाजिक संजाल तथा अन्य विभिन्न माध्यमबाट भोटको लागि आह्वान गर्दै आएकी छन् ।

दि हिडेन टे«जरले प्रत्येक वर्ष मिस नेपाल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसै अन्तर्गत मिस नेपाल २०१८ को ताज हेटौंडाकी खतिवडाले पहिरिएकी थिइन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org