ताजा समाचार

प्रभु बम्फर उपहार विजेताले पाए हलेसीको दर्शन गर्ने मौका

काठमाडौँ । प्रभु बम्फर उपहार विजेताले हलेसी महादेव मन्दिरको दर्शन गर्ने मौका पाएका छन् । “महान चाड दशैं र तिहार खुसीयालीसँगै प्रभुको उपहार” नामक योजनाअन्तर्गत ग्राहकले यस्तो मौका पाएका हुन् ।

यस योजनाअन्तर्गत बम्फर उपहारको भाग्यशाली विजेता नवलपरासीका रामजित कहर ‘कन्ट्रोल नम्बर ९१९६०५२८४’ रहेको छ । उनलाई नेपालमा कतारबाट रामजित कहरले पैसा पठाएका थिए । भाग्यशाली विजेताले प्रभु हेलिकप्टरबाट हलेसी महादेवको दर्शन गर्ने मौका पाएका छन् ।

प्रभुमनी ट्रान्फरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी महान् चाडपर्वलाई महान् पर्व बनाउने योजनामा “महान चाड दशैं र तिहार खुसीयालीसँगै प्रभुको उपहार” योजना ल्याएको थियो।

विदेशबाट नेपालमा रकम पठाउन तथा पाउन भरपर्दो रेमिटेन्स कम्पनीको रूपमा रहेको प्रभुमनी ट्रान्सफरले यस योजनामार्फत् विभिन्न ग्राहाकरूलाई लाभाम्वित बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org