ताजा समाचार

बिरामी भए डाक्टर केसी इमर्जेन्सीमा भर्ना

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा दुखाइ बढेपछि सोमबार बिहान उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी भर्ना गरिएको छ।

उनका सहयोगी डाक्टर अभिषेकराज सिंहका अनुसार डाक्टर केसीलाई बिहान ४ बजे अस्पताल भर्ना गरिएको हो। चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म अनसन बसेका छन्।

लामो अनसन बसेकाले उनको मुटुमा पहिला पनि केही समस्या देखिएको थियो।

ुसर केही दिनदेखि राम्ररी निदाउन सक्नुभएको थिएन, आज छाती धेरै दुखेपछि भर्ना गरिएको हो, ु डाक्टर सिंहले भने, ुरगतलगायत चेकजाँचका लागि पठाइएको छ, रिपोर्ट आउन बाँकी छ।ु

सरकारले चिकित्सा शिक्षा विधयेक संसदमा पेस नगरेको भन्दै डाक्टर केसीले केही दिनअघि आफू फेरि अनसन बस्ने बताएका थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org