ताजा समाचार

कामदारमैत्री कार्यक्षेत्र बनाउने साझा प्रतिबद्धता

काठमाडौँ । सरकार र सरोकारवाला निकायले काम गर्ने स्थल कामदारमैत्री बनाउने साझा प्रतिवद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) ले  राजधानीमा गरेको ‘कार्यक्षेमा कामको सुधारतात्मक अवस्था’ बिषयक नीतिगत छलफलमा कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अघि बढ्ने उनीहरूले साझा प्रतिवद्धता जनाएका हुन् ।

श्रम तथा रोजगार समाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले श्रमिकले उचित वातावरण पाएमात्र उत्पादन बढ्ने भएकाले यसतर्फ सरकार सचेतक रहेको बताए । उनले रोजगारदाता, उद्योगी, व्यवसायी सबै कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन प्रतिवद्ध हुनुपर्ने बताए ।

महाशाखा प्रमुख घिमिरेले श्रमिक पनि पूजी भएकाले खुसी श्रमिकले मात्रै उत्पादन बढाउन सक्छन् भन्नेमा उद्योगी व्यवसायीले ध्यान दिनुपर्ने बताए । कार्यक्षेत्रमा कामको वाताबरण, स्वास्थ्य सुरक्षाको अवस्था बुझ्न सरकारले अनुगमन सुरु गरेको पनि उहाँले जानकारी दिए । उनले सरकारले चालु आर्थिक बर्षको असोज मसान्तसम्म सरकारले २ सय ३३ वटा प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा मुलुक भरका १० वटा प्रतिष्ठानमा औद्योगिक दुर्घटना भएको पाइएको पनि जानकारी गराए ।

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य एवम् महासंघको रोजगारदाता परिषद्का उपाध्यक्ष भरतराज आचार्यले श्रम ऐन र सामाजिक सुरक्षा ऐन सबै निकायको सहमतिमा आएकाले यसलाई सबै उद्योगले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्षेत्रमा कामदार मैत्री वातावरण बन्दै गएको र उद्योगहरूले श्रमिकलाई पूँजीका रूपमा हेर्न थालेको आचार्यले बताए ।
कार्यक्षेत्रलाई स्वस्थ र सुरक्षित बनाउन आफूहरू प्रतिवद्ध रहेको उनको भनाई छ ।

नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका उपाध्यक्ष एवम् श्रम सम्बन्ध परिषद्का संयोजक दिपक पौडेलले श्रम ऐन र सामाजिक सुरक्षा ऐन आइसकेपछि कार्यक्षेत्रमा अहिले सुधार हुदै गएको बताए । उनले यसलाई प्रर्ण कार्यान्वयमा ल्याउनका लागि सरकार, व्यवसायी र ट्रेड युनियन मिलेर अघि बढ्नुपर्ने बताउँदै फरक–फरक धारका ट्रेड युनियन पनि यस बिषयमा एउटै धारमा आएर काम गरिरहेको जानकारी दिए ।

अखिल नेपाल टे«य युनियन महासंघका उप–महासचिव प्रकाश श्रेष्ठले औद्योगिक हिसावले केही सुधार भएपनि कानुनमा उल्लेख भए अनुसार कार्यान्वयमा आउन नसकेको टिप्पणी गरे। एउटा कामदारले उद्योगमा कस्तो वातावरण पाउँछ त्यसले नै उत्पादन कस्तो हुन्छ भन्नेमा निर्भर हुने श्रेष्ठको भनाई छ । उन्नती समावेसी परियोजनाको सहयोगमा गरिएको नीतिगत छलफलमा सहभागि मजदुर, किसान, पत्रकाहरुले कार्यक्षेत्रमा कामको वातावरण राम्रो बनाउनभन्दा उत्पादन र नाफामा बढी ध्यान गएको गुनासो गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org