ताजा समाचार

३५ किलो खुकुरीको मूल्य एकलाख, किन्नेभन्दा हेर्नेको भीड !

काठमाडौँ । एउटै खुकुरीको मूल्य एक लाख रुपैयाँ राखेको पाइएपछि मानिसहरू यो खुकुरीप्रति निकै जिज्ञासु भएका छन् । यसको विशेषता के भनेर सोध्न थालेका छन् । बाग्लुङको वडिगाड गाउँपालिकाले आयोजना गरेको पहिलो महोत्सवमा ३५ किलोको खुकुरी जब प्रदर्शनीमा राखियो तब मानिसहरू महोत्सवमा राखिएका अन्य वस्तुभन्दा यही खुकुरी हेर्न थाले ।

यसको बारेमा सोधपुछ गर्नमै झुम्मिन थालेका छन् मानिसहरू । वाग्लुङमा वुर्तिवाङ आरन सेवा भनेर कारखाना खोलेर बसेका मनबहादुर विकले ८ दिन लगाएर बनाएको यो खुकुरी अहिलले सबैको आकषणको केन्द्र बनेको छ। अहिलेसम्म मानिसले यतिठूलो खुकुरी किनिसकेका छैनन् तर महोत्सवमा आएका मानिसमध्ये अधिकांशले यसबारेमा सोधपुछ गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org