ताजा समाचार

काठमाडौंमा रिभल्बरसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको जडिबुटीबाट रिभल्बर र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी–३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार छन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुंगेधारा नजिकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए ।

उनीहरू सवार ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा रिभल्बर एक थान र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद भएको वोगटीले जानकारी दिए ।

भक्तपुर तर्फबाट मोटरसाइकलमा लागुऔषध कारोबारी आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा बानेश्वर, कोटेश्वर र काँडाघारीको प्रहरी टोलीले भक्तपुरबाट काठमाडौं भित्रिने नाकाहरुमा चेकजाँच गरेका थिए ।

पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध र हातहतियार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org